ओलीलाई समर्थन गर्दै एमाले उपमहासचिवमा शेरबहादुर तामाङको दाबी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ओलीलाई समर्थन गर्दै एमाले उपमहासचिवमा शेरबहादुर तामाङको दाबी



काठमाडाैं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले उपमहासचिवमा दाबी गरेका छन्।

अध्यक्ष केपी शर्मा ओलीनिकट तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

एमालेको ११ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ भने नेताहरूले उम्मेदवारी घोषणा गर्नेक्रम पनि बढेको छ।

तामाङ २०४७ सालदेखि पूर्णकालीन रूपमा एमालेमा सक्रिय भएका हुन्। २०७४ मा केपी शर्मा ओलीको दोस्रो प्रधानमन्त्री कालमा उनी कानून मन्त्री समेत बनेका थिए।


प्रतिक्रिया दिनुहोस्