पतञ्जली आयुर्वेदको व्यावसायिक गति सुस्त, दोहोरो अंकमा घट्यो कारोबार - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

पतञ्जली आयुर्वेदको व्यावसायिक गति सुस्त, दोहोरो अंकमा घट्यो कारोबार



काठमाडौं । पतञ्जली आयुर्वेदको व्यापारमा दोहोरो अंकको गिरावट आएको छ । एकै वर्ष कम्पनीको व्यापारमा झन्डै ३५ करोड गिरावट देखिन्छ ।

इक्रा नेपालबाट प्राप्त कम्पनीको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार कम्पनीले गत वर्ष सन् २०२४ मा २ अर्ब १५ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । तर, सन् २०२५ मा आइपुग्दा भने १ अर्ब ८० करोड रुपैयाँमा सिमित भएको छ । यो गत वर्षको तुलनामा १६.२८ प्रति कमी हो ।

कम्पनीको व्यापारमा उत्तारचढाव नै देखिएको छ । कम्पनीले अघिल्लो वर्ष सन् २०२१ मा १ अर्ब ९३ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । त्यसअघि सन् २०२ मा १ अर्ब ५० करोड २० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब २५ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । विगत केही वर्ष उकालो यात्रामा रहेको पतञ्जली आयुर्वेदको व्यावसायिक गतिमा केही सुस्त भएको देखिन्छ ।

सन् २०११ मा नेपाल ग्रामोद्योग नामले दर्ता भएको यो कम्पनीले २०१५ मा नाम परिवर्तन गरि पतञ्जली ब्रान्डका खाद्य सामग्री, व्यक्तिगत हेरचाहका उत्पादन र घरायसी सामानको उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।

स्वामित्वतर्फ हेर्दा कम्पनीमा भारतीय गंगोत्री आयुर्वेदाको ९५ प्रतिशत हिस्सेदारी छ भने बाँकी सेयर नेपालका महोतो समूह (राम जानकी इनभेष्टमेन्ट) को स्वामित्वमा रहेको छ ।

हाल कम्पनीले देशभर १०० भन्दा बढी वितरकमार्फत आफ्नो उत्पादन वितरण गर्दै आएको छ । कम्पनीले गत आवमा शीर्ष १० ग्राहकबाट मात्रै ५२ प्रतिशत कारोबार प्राप्त गरेको रेटिङ प्रतिवेदनमा उल्लेख छ । कारोबारका हिसाबले डिशवास र डिटरजेन्ट पाउडर प्रमुख उत्पादनका रूपमा उभिएका छन् ।

कम्पनीले कर्जा रेटिङका लागि ९५ करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । इक्राका अनुसार कम्पनीले ३५ करोड २० लाख रुपैयाँ दीर्घकालीन र ५९ करोड ८० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि रेटिङ गराएको हो ।


प्रतिक्रिया दिनुहोस्