रिलायन्स फाईनान्स स्थापनाको १६ औं वर्षमा प्रवेश - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

रिलायन्स फाईनान्स स्थापनाको १६ औं वर्षमा प्रवेश



काठमाडौं । रिलायन्स फाईनान्स लिमिटेड सेवा प्रदान गर्दै आएको १५ वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ ।

संस्थाको १६औं बार्षिकोत्सवको अवसरमा संस्थाले “संस्थागत सामाजिक उत्तरदायित्व” अन्तर्गत संस्थाले बालाजु काठमाण्डौमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

त्यस्तै विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको लागि सहयोग गरि सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ६ गोसाइँस्थान स्थित संस्कृत भाषा निःशुल्क रुपमा अध्यापन गराउने नैमिषारण्य संस्कृत गुरुकुलममा अध्यनरत विद्यार्थीहरुलाई स्टेशनरी तथा मसलन्द सामानहरु वितरण गर्ने कार्य सम्पन्न गरेको छ ।

संस्थाले “वित्तीय सेवाको अर्को परिभाषा” भन्ने नाराका साथ संस्थाका ग्राहकहरुलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शिर्षकहरुमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागू गरि आकर्षक व्याज प्रदान गर्दे निक्षेप संकलन गर्दे आएको छ।

संस्थाले कमलादी केन्द्रीय कार्यालय सहित न्यूरोड काठमाण्डौ, सितापाईला काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा लगायत २२ वटा शाखा कार्यालय खोली कारोबार गर्दे आएको छ ।

संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरुलाई ई बैंकिङ, एससीटी नेटवर्क एटीएम, विभिन्न रेमिटेन्स सेवाहरु , सी आस्वा, आईपीएस, कनेक्ट आईपीएस सेवा, एबीबीएस सेवा, इलेक्ट्रोनिक चेक क्लियरिङ, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ समेतका सेवा प्रदान गर्दे आएको छ ।


प्रतिक्रिया दिनुहोस्