सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ राजदूतले दिए राजिनामा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ राजदूतले दिए राजिनामा



काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ राजदूत मध्ये ६ जनाले राजीनामा दिएका छन् ।

परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाइएका १ राजदूत मध्ये ६ जनाले राजीनामा दिएकाे र उनीहरूकाे राजिनामा स्वीकृत भइसकेकाे मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए ।

रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सिना,अमेरिकाका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, चीनका लागि नेपाली राजदुत कृष्णप्रसाद ओली, बेलायतका लागि नेपाली राजदुत चन्द्रकुमार घिमिरे र कतारका लागि नेपाली राजदुत रमेशचन्द्र पौडेलले राजिनामा दिएका हुन् ।

यी राजदुतहरूले विदेशबाट फर्किए लगत्तै राजीनामा दिएको र सरकारले स्वीकृत समेत गरिसकेको प्रवक्ता क्षेत्रीले बताए ।

उनीहरूले गरिरहेको कार्यप्रगतिप्रति प्रश्न उठाउँदै सरकारले ३० असोजमा ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपछि सर्वोच्चमा रिट दायर गरिएको थियो ।

रिट निवेदनमा सर्वोच्चले १६ कात्तिकमा अन्तरिम आदेश जारी गर्दै मुद्दाको टुंगो नलाग्दासम्म फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न भनेको थियो ।

सर्वोच्चको अन्तरिम आदेशपछि सरकारले घुमाउरो पारामा उनीहरूलाई मन्त्रालयमा हाजिर भएर कामकाज गर्ने गरी फिर्ता बोलाएको थियो ।


प्रतिक्रिया दिनुहोस्