सुनकाे मूल्य सामान्य घट्याे, चाँदीकाे बढ्याे
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात शुक्रबार, यस्तो सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यता आज चाँदीकाे मूल्य भने ताेलामा ५० रूपैयाँ बढेकाे छ । आजको बजार चाँदी तीन हजार ५ सय ६०५ रुपैयाँमा खरिद बिक्री भएको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला तीन हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।













