जेनजी सरकारका उर्जामन्त्री कुलमानलाई सर्वाेच्चकाे झड्का, शाक्यलाई नहटाउन आदेश - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेनजी सरकारका उर्जामन्त्री कुलमानलाई सर्वाेच्चकाे झड्का, शाक्यलाई नहटाउन आदेश



काठमाडाैँ । सर्वाेच्च अदालतले वर्तमान सरकारका उर्जमन्त्री कुलमान घिसिङकाे निर्णय उल्ट्याएकाे छ ।

सर्वाेच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नहटाउन सर्वाेच्च अदालतले सरकारका नाममा आदेश जारी गरेकाे हाे ।

४ महिना कार्यकाल बाँकी छदाँ आफुलाई केपी ओली नेतृत्वकाे सरकारले हटाएकाे बदलामा जेनजी आन्दाेलनपछि गठन भएकाे सरकारका उर्जामन्त्री कुलमान घिसिङले शाक्यलाई हटाएर आफुनिकट मनाेज शिलवाललाई प्राभिकरणकाे नेतृत्वमा ल्याएका थिए ।

त्यसपछि जेेनजी सरकारले आफुलाई हटाएकाे भन्दा शाक्य अदालत गएका थिए ।

साेमबार भएकाे फैसल्ला अनुसार शाक्यलाई काम गर्न सर्वाेच्चले आदेश दिएकाे हाे ।

सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश गरेको हाे ।

उर्जामन्त्री बनेसँगै कुलमानले ५ अशाेजमा शाक्यालाई प्राधिकरणकाे एमडीबाट हटाएर मनाेज शिलवाललाई नियुक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्