गृहमन्त्री अर्याल र भारतीय अतिरिक्त सचिवबीच भेट, निर्वाचनमा सघाउने प्रतिबद्धता
काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतिय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले मंगलबार शिष्टाचार भेट गरेका छन्।मुनु महावर नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका हुन् ।
भेटमा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका मुद्दा र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भारतले गर्ने सहयोगबारे चर्चा गरिएको गृहमन्त्रालयले जनाएको छ।
यस्तै भारतीय अतिरिक्त सचिवले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विपद्बाट क्षति भएका संरचनाको पुनर्स्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।भैरहवामा निर्माण भइरहेको एकीकृत जाँच चौकी र नेपालमा भारतीय लगानीमा चलिरहेका परियोजनाहरू समयमै सम्पन्न गर्न भारत सहयोग गर्ने बताइएकाे छ।
अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निमन्त्रणा समेत दिए ।
यस्ता गृहमन्त्री अर्यालले सीमा अपराध रोकथाम, चोरी तस्करी, अवैधवस्तुको ओसारपसार र आपराधिक गतिविधि नियन्त्रण गर्न दुवैतर्फका सीमा सुरक्षा सङ्गठनको क्षमता अभिवृद्धि र सूचना आदानप्रदान प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।













