के भारतमाथि थप कर लगाउँदै छन् ट्रम्प ? लगाए अमेरिकामा सस्तो चामल ‘डम्प’ गरेको आरोप
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमाथी थप कर लगाउन चर्चा चलेको छ ।
राष्ट्रपति ट्रम्पले भारतले अमेरिकामा सस्तो चामल पठाएर चामल डम्प गरेको भन्दै यसका लागि अतिरिक्त कर तिराउनु पर्ने बताएका हुन् ।
सोमबार राति राष्ट्रपति ट्रम्प र अर्थमन्त्री स्कट बेसेंटबीच यसै विषयमा छलफल भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
छलफलका क्रममा राष्ट्रपति ट्रम्पले अर्थमन्त्रीलाई भने, ‘भारत अमेरिकामा आफ्नो चामल लगातार डम्प गर्दैछ। भरतलाई यस्तो किन गर्न दिइँदैछ ? के भारतलाई यसमा कर छुट छ ? नभए यसको लागी उनीहरुले कर तिर्नुपर्छ।’
यसको उत्तरमा अमेरिकी अर्थमन्त्री स्कट बेसेंटले भने ‘होइन सर! भारतसँग हाम्रो व्यापार वार्ता चलिरहेको छ।’
तर ट्रम्पले भारत यसरी आफ्नो चाम यहाँ पठाउन नसक्ने र यसका लागी अनुमति नदिइने बताए ।
यस्तै छलफमा ट्रम्पले अमेरिकी किसानहरुको हित कसरी गर्ने भन्ने बिषयमा जोड दिएर भारतिय चामल आयात रोक्नु पर्ने बताए।
यस्तै उनले अन्य देशहरुमा लगाएको भन्सार महशुलबाट प्राप्त हुने रकमबाट १२ अर्ब डलर अमेरिकी किसानलाई मद्दतस्वरुप दिने पनि घोषणा गरे ।
विकशित यसै घटनाक्रमपछि चामलको बाहानामा भारतमा फेरी नयाँ कर थप हुने अनुमान लगाउन थालिएको हो ।
हाल अमेरिकाले भारमाथि ५० प्रतिशत भन्सार दर लगाएको छ, जसमा रुसबाट तेल किनेको भन्दै २५ प्रतिशत पेनाल्टी महशुल पनि समावेश छ ।
भारत, भियतनाम र थाइल्याण्डबाट सस्तो चामल लगायत अन्य कृषि उत्पादन आउँदा अमेरिकी बजार जोखिममा परेको अमेरिकी किसानहरुको आरोप छ ।
भारतमा अमेरिकी कृषि उत्पादनमा औषत ३७.७ प्रतिशत कर लगाइएको छ । तर अमेरिकामा भने भारतिय कृषि उत्पादनहरुमा ५.३ प्रतिशत मात्र कर लगाइएको थियो । तर सत्तामा ट्रम्प आएसँग उनले यस्तो कर बढाएर २५ प्रतिशत पु¥याएका छन् ।
रुसबाट तेल किनेको भन्दै आलोचना खेपिरहेको भारलाई ट्रम्पको यो तेतावानी असहज परिस्थितिमा आएको हो ।
भरत र अमेरिकाबीच लगातार व्यापार वार्ता चलिरहे पनि हालसम्म केहि खास प्रगति भएको छैन । यस्तै यसैसाता अमेरिकी प्रतिनिधी मण्डल भारत आउँदैछ ।
चामल उत्पादन तथा निर्यातमा भारत ‘नम्बर वान’
भरत विश्वको सबैभन्दा बढी चामल उत्पादन गर्ने तथा निर्या गर्ने देश हो ।
भारतीय चामल निर्यातक संघका अनुसार प्रत्येक वर्ष भारतले १५ करोड मेट्रिक टन चामल उत्पादन गर्छ जुन दुनियाँभरको चामल उत्पादनको २८ प्रतिशत हो ।
आर्थिक वर्ष २०२४–२५ मा भारत दुनिया भरबाट सबैभन्दा धेरै चामल निर्यात गर्ने देश रहेको छ । विश्वभरबाट निर्यात हुने चामलको ३०.३ प्रतिशत हिस्सा भारत एक्लैले ओगटेको छ ।
चारलते सबैभन्दा बढी बासमती चामल निर्यात गर्छ। आर्थिक वर्ष २०२४–२५ मा मात्र भारतले ५९.४४ लाख मीट्रिक टन बासमती चामल निर्यात गरेको छ । यस्तै यस अवधिमा ३३.२३ लाख मीट्रिक टन नन बासमती चामल निर्यात गरेको छ ।













