आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा, नगद कति ?
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६३९ रुपैयाँको ५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
जसअनुसार कम्पनीले शेयरधनीहरुलाई १५ करोड १४ लाख ६६ हजार ७३१.९५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २८ औँ वार्षिक साधरणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।













