डिप्रोक्स लघुवित्तकाे लाभांश घाेषणा, नगद र बाेनस कति ?
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ।
संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ८६ करोड ८२ लाख ८५ हजार ६९६.०८ रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड ६८ लाख २८ हजार ५६९.६१ रुपैयाँबराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने ९ करोड ३४ लाख १४ हजार २८४.८० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्नेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधरणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।













