शिवम् सिमेन्टको साधारण सभाबाट साढे १२ प्रतिशत लाभांश प्रस्ताव पारित - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शिवम् सिमेन्टको साधारण सभाबाट साढे १२ प्रतिशत लाभांश प्रस्ताव पारित



काठमाडाै । शिवम् सिमेन्ट लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न सभाले साढे १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताप पारित गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी ५ अर्ब ४५ करोड टड लाख ८० हजार ५०० रुपैयाँको १० प्रतिशत बराबर हुन आउने ५४ करोड ५६ लाख ८० हजार ८५० रुपैयाँ नगद (कर सहित) र २.५० प्रतिशका दरले हुन आउने १३ करोड ६४ लाख २० हजार २१२ रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको थियो ।

यस्तै साधारण सभाबाट कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८१÷८२ को लेखापरिक्षणको प्रतिवेदन एवं आर्थिक वर्ष २०८२÷८३ का लागि लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

वार्षिक साधारण सभाको निर्णय बमोजिम वोनस शेयर वितरण गरे पश्चात कम्पनीको जारी पूँजी र चुक्ता पूँजी वृद्धि भई ५ अर्ब ५९ करोड ३२ लाख २८ हजार ७१२ रुपैयाँ ५० पैसा कायम हुनेछ ।


प्रतिक्रिया दिनुहोस्