कुथेली बुखरी स्मल हाइड्रोपावरले घाेषणा गर्‍यो १० प्रतिशत बाेनस सेयर - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कुथेली बुखरी स्मल हाइड्रोपावरले घाेषणा गर्‍यो १० प्रतिशत बाेनस सेयर



काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ काे मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बाेनस सेयर दिने घाेषणा गरेकाे हाे ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी १३ करोड ४० लाख ५४ हजार २५० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ३४ लाख ५ हजार ४२५ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

यो लाभांश विद्युत नियमन आयोगको स्वीकृपछि आगामी १४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्