नवनियुक्त ४ जना मन्त्रीले लिए शपथ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नवनियुक्त ४ जना मन्त्रीले लिए शपथ



काठमाडाैं । अन्तरीम सरकारका ४ नव नियुक्त मन्त्रीहरुले सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको सपथ ग्रहण गराएका हुन् ।

योसँगै प्रधानमन्त्री सुशीला कार्कीको सरकारमा आज थप ४ जना मन्त्री थपिएका छन् । श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई आजै मन्त्री नियुक्त गरी शपथग्रहण गराइएको हो ।

नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धा श्रेष्ठ महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारी श्रम र इङ्नामले भूमि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्