फर्स्ट माइक्रोमा फेरिए सञ्चालक
काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा सञ्चालक फेरिएका छन् ।
उक्त कम्पनीमा आईसीएफसी फाइनान्सबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने लक्ष्मणप्रसाद जैसाको ठाउँमा नयाँ सञ्चालक नियुक्त गरिएको हो ।
प्रवद्र्धक कम्पनीले नै जैसीलाई फिर्ता बोलाएर सञ्जय थपलियालाई पठउने निर्णय गरेपछि गत शुक्रबार बसेको फर्स्ट माइक्रोफाइनान्सको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
अब थपलियाले सञ्चालक समितिको कार्यकाल बाँकी रहेको अवधीसम्म उक्त भुमिकामा रहेर काम गर्न पाउने छन् ।
जैसी आईसीएफसीका नायब महाप्रबन्धक थिए भने थपलिया सहायक महाप्रबन्धक हुन् ।












