९ श्रावण २०८३, शनिबार

मन्त्री बनेपछि भण्डारीले दिए राजिनामा



काठमाडौँ । नेपाल सरकारको मन्त्री पदमा नियुक्त भएपछि राजेन्द्र सिंह भण्डारीले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक पदबाट राजिनामा दिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका भण्डारीले गत विहीबार सोही दिनदेखि लागू हुनेगरी राजिनामा दिएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।

उक्त कम्पनीको सञ्चालक समितिले भण्डारीको राजिनामा पनि उसै दिन स्वीकृत गरिसकेको कम्पनीका सदस्यसचिव उमा जोशीले नेप्सेलाई लेखेको पत्रमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्