सरकारले हटायो भारुमाथिको प्रतिबन्ध, अव दुई सय र पाँच सय भारु निर्बाध चल्ने
काठमाडौँ । नेपाल सरकारले अव निर्बाधरुपमा भारु दुई सय र पाँच सयका नोटमाथि लगाइएको प्रतिबन्ध हटाएको छ ।
यसअघि नेपालका बैंक वित्तीय संस्थाले भारतीय दुई सय रुपैयाँ र पाँच सय रुपैयाँका नोट सटही गर्ने गरेको थिएन ।
सोमबारको मन्त्रीपरिषद् बैठकले रु २५ हजार सम्मका दुई सय र पाँच सयका नोट निर्बाधरुपमा ल्याउन र लैजान पाइने भएको छ ।
नेपाली बजारमा केही सीमित व्यापारीहरूले पाँच सय र हजारका नोटसमेत अवैध रुपमा कारोबार गर्ने गरेका थिए । अव पाँच सयसम्मका भारतीय नोट बोक्न पाइने भएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल लान र ल्याउन पाउने व्यवस्था गरेको हो ।
यसअघिनै भारत सरकारको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले भारतीय ठुला दरका नोट ल्याउन लान पाइने व्यवस्था गरेसँगै नेपाल सरकारले पनि खुला गरेको सरकारका एक मन्त्रीले बताए ।













