राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, सक्रिय राजनीतिमा फर्किने
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले राजीनामा दिएका छन् । थापाले गत मंसिर १२ गते नै राजिनामा दिएकाे र त्यसै दिन स्वीकृत भएकाे बताएका हुन् ।
नेपाली कांग्रेसको सक्रिय राजनीति फर्कन उनले राष्ट्रपतिको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका हुन् ।
कांग्रेसले यही पुसको २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशनको मिति तय गरेको छ । सरकारले प्रतिनिधि सभाको मिति फागुन २१ गते हुने गरी मिति घोषणा गरेको छ ।
राष्ट्रिय सभाको निर्वाचनमा ११ माघका लागि तोकिएको छ । थापाको नाम राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि धनकुटाबाट सिफारिस गरिएको छ ।













