एमाले हाइकमाण्डमा ‘म्यान अफ दी इलेक्सन’ बने– पीएस गुरुङ्ग, २२ जनाले कटाए १००० भोट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एमाले हाइकमाण्डमा ‘म्यान अफ दी इलेक्सन’ बने– पीएस गुरुङ्ग, २२ जनाले कटाए १००० भोट



काठमाडौँ । नेकपा एमालेको ११ महाधिवेशनमा पदाधिकारीतर्फ सर्वाधिक मत पाएर पृथ्वी सुब्ब (पीएस) गुरुङ्ग ‘म्यान अफ दी इलेक्सन’ बनेका छन् । खेलकुदमा जस्तो चुनावमा पनि यस खाले कुनै वैधानिक उपाधि दिने प्रचलन नभए पनि उनले पाएको सर्वाधिक मतको कदर हुनुपर्छ ।

गुरुङ्ग परम्परागत रुपमा विष्णुप्रसाद पौडेलले नेतृत्व गरेको तेस्रो धारका सहायक नेता हुन् । तर उनले आफ्ना नेता पौडेललाई पनि मतान्तरमा पछि पारेका छन् । गुरुङ्गले १७३७ र पौडेलले १६७५ मत पाएका छन् ।

पार्टी अध्यक्षमा तेस्रो पल्ट निर्वाचित भएका केपी शर्मा ओली मत संख्याको आधारमा तेस्रो स्थानमा छन् । उनले १६६३ मत पाएका छन् । ओलीलई पच्छ्याउन चाहीँ विद्यमान एमाले पार्टीका ‘आइरन–म्यान’ महेश बस्नेत अएका छन् । उनले सचिवहरुमा सबैभन्दा धेरै र पुरा पदाधिकारीहरुमा चौँथो बढी मत हासिल गरे । बस्नेतले १५४४ मत पाएका छन् ।

त्यसपछि लोकप्रिय मत पद्माकुमारी अर्यालले पाएकी छिन् । उनले १५३० मत पाइन् । रामबहादुर थापाले १५१६ मत, छविलाल विश्वकर्माले १५०६ मत र शेरधन राईले १५०३ मत पाए ।

१५०० भन्दा कम मत पाउनेहरुको सूचीमा लेखराज भट्ट अगाडी देखिएका छन् । उनले १४५२ मत पाए । त्यसपछि गोकर्णराज विष्ट, रघुवीर महासेठ, योगेश भट्टराई र हिक्मतकुमार कार्कीले १३०० देखि १४०० को बीचमा मत पाए । १२०० को रेञ्जमा मत प्राप्त गर्नेमा रघुजी पन्त, खगराज अधिकारी र शंकर पोखरेल रहे । उनै पोखरेल पार्टी महासचिवमा निर्वाचित भएका छन् । तर लोकप्रिय मतमा उनको स्थान १६ औँ हुन्छ ।

यस बाहेक यामलाल कंडेल, राजन भट्टराई, गुरु बराल, भानुभक्त ढकाल, विष्णु रिमाल र गोकुलप्रसाद बास्कोटाले १००० भोट कटाएका छन् । उनीहरुले १००० देखि १२०० को बीचमा मत प्राप्त गरेका छन् । यीमध्ये रिमाल र बास्कोटा पराजित उमेदवार हुन् ।

एक हजार भोट कटाउन नसक्नेहरुमध्ये सबैभन्दा धेरै मत महासचिवका उमेदवार सुरेन्द्र पाण्डेले पाएका छन् । उनले ९९९ मत पाए । त्यसपछि विन्दा पाण्डे, ठाकुरप्रसाद गैरे, रचना खड्का, कर्णबहादुर थापा, लालबाबु पण्डित र अग्निप्रसाद खरेलले ७०० देखि १ हजारको बीचमा मत पाएका छन् ।

अझै तल्लो ‘रेञ्ज’ हेर्ने हो भने ४०० देखि ७०० मतको बीचमा १० जना उमेदवारले भोट पाएका छन् । यसरी भोट पाउनेमा क्रमश: विनोदप्रसाद ढकाल, आनन्द पोख्रेल, कृष्णगोपाल श्रेष्ठ, ईश्वर पोखरेल (अध्यक्ष उमेदवार), वैजनाथ चौधरी, पेम्वा लामा, पुर्सोतम पौडेल, पर्शुराम मेघि गुरुङ्ग, अरुण नेपाल र इन्द्रलाल साप्कोटा रहेका छन् ।

भिमप्रसाद आचार्य पदाधिकारीमध्ये सबैभन्दा कम भोट पाउने उमेदवार हुन् । उनले केवल २६५ मत पाए । त्यसपछि प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र गौतमले २७० भोट पाए । टकंप्रसाद कार्कीले ३५८ मत पाए । यी तीन जनाले ४०० भोट पनि कटाउन सकेनन् ।

लोकप्रिय मतमा यस्तो छ परिणाम :

क्रम संख्याउमेदवारप्राप्त मत
पृथ्वीसुब्बा गुरुङ१७३७
विष्णु पौडेल१६७५
केपी शर्मा ओली१६६३
महेश बस्नेत१५४४
पद्माकुमारी अर्याल१५३०
रामबहादुर थापा बादल१५१६
छविलाल विश्वकर्मा१५०६
शेरधन राई१५०३
लेखराज भट्ट१४५२
१०गोकर्णराज विष्ट१३६८
११रघुवीर महासेठ१३६८
१२योगेश भट्टराई१३४८
१३हिक्मतकुमार कार्की१३३७
१४रघुजी पन्त१२५८
१५खगराज अधिकारी१२३१
१६शंकर पोखरेल१२२८
१७यामलाल कंडेल११८५
१८राजन भट्टराई११८१
१९गुरु बराल११३७
२०भानुभक्त ढकाल११०८
२१विष्णु रिमाल१०९१
२२गोकुलप्रसाद बास्कोटा१०३०
२३सुरेन्द्र पाण्डे९९९
२४विन्दा पाण्डे९२१
२५ठाकुरप्रसाद गैरे८८३
२६रचना खड्का८७७
२७कर्णबहादुर थापा८४७
२८लालबाबु पण्डित७९६
२९अग्निप्रसाद खरेल७१६
३०विनोदप्रसाद ढकाल६८४
३१आनन्द पोख्रेल६३५
३२कृष्णगोपाल श्रेष्ठ६२५
३३ईश्वर पोखरेल५६४
३४वैजनाथ चौधरी५१७
३५पेम्वा लामा४९३
३६पुर्सोतम पौडेल४६२
३७पर्शुराम मेघि गुरुङ्ग४६१
३८अरुण नेपाल४३९
३९इन्द्रलाल साप्कोटा४०५
४०टकंप्रसाद कार्की३५८
४१राजेन्द्र गौतम२७०
४२भिमप्रसाद आचार्य२६५


प्रतिक्रिया दिनुहोस्