सिटिजन्स सन्तुलित योजनाका इकाइहरु आजदेखि बिक्री खुला - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिटिजन्स सन्तुलित योजनाका इकाइहरु आजदेखि बिक्री खुला



काठमाडौं । पुस ४ गतेदेखि सिटिजन्स सन्तुलित योजनाको इकाइ निष्कासन खुला गरिएको छ।

सिटिजन्स म्युचुअल फण्डमार्फत सञ्चालन हुने यस योजनाअन्तर्गत प्रतिइकाइ १० रुपैयाँका दरले कुल १० करोड रुपैयाँ बराबरको इकाइ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको हो।

निष्कासित कुल इकाइमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाइ बीज पुँजीका रूपमा कोष प्रवर्द्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन्।

धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू र सीडीएससीको मेरो शेयर प्रणालीमार्फत लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन् ।

यस योजनाको इकाइ बिक्री बन्द छिटोमा मंसिर ८ गते र ढिलोमा पुस १८ गते बैंकिङ समयपछि हुनेछ। योजना व्यवस्थापकमा सिटिजन्स क्यािपटल रहेको छ।


प्रतिक्रिया दिनुहोस्