सिइओ सुरशे देवकोटा आएपछि सिन्धु विकास बंकैको वित्तिय अवस्थामा सुधार
काठमाडौं । काभे्रपलान्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैकको वित्तिय अवस्थामा उल्लेखनीय सधुार भएको छ । गत वर्ष बकैको कार्यकारी प्रमुखमा अनुभवी बंकैर सुरशे देवकोटा नियुक्त भएपश्चात बकैको वित्तिय अवस्थामा सुधार देखिएको हो ।
बंकैको गत आ.ब. २०८०।०८१ को तुलनामा आ.ब. २०८१।८२ को वित्तिय सुचकहरुमा ब्यापक प्रगति भएको देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी गत वर्ष रु. ५.४६ रहेकोमा यस वर्ष रु. ३१.७६ रहेको छ । त्यसैगरि बैकको प्रतिशेयर नेटवर्थ गत आ.ब. मा रु. ६३.५० रहेकोमा आषाढ मसान्त २०८२ मा बढेर प्रति शेयर नेटवर्थ रु. ९७.२४ पुगेको छ ।
विशेषत निष्कृय कर्जाको असुलीमा भएको उल्लेखनीय सुधारको कारणले बैकको वित्तिय सुचकहरुमा प्रगति भएको देखिन्छ । बैकको निष्कृय कर्जाको अनुपात पनि गत आ.ब.मा १०.६३ प्रतिशत रहेकोमा आषाढ मसान्त २०८२ मा घटेर ६.०८ प्रतिशत मात्र रहेको छ ।
साथै आषाढ मसान्त २०८२ मा बैकको पुँजीकोष अनुपात मजबुत भई १३.०७ प्रतिशत पुगेको छ । विगतमा पँुजीकोष अनुपात ६ प्रतिशतको हाराहारीमा रहको कारणले केन्द्रिय बैकले सिघ्र सुधारात्मक कारवाही गरेकोमा हाल पुँजीकोष अनुपात तोकिएको सीमाभन्दा माथि रहेकोले छिट्टै सिघ्र सुधारात्मक कारवाही हट्ने विश्वास बैकले लिएको छ ।
बैकले आ.ब. २०८१।८२ को वित्तिय विवरणहरु वार्षिक साधारण सभामा पेश गर्ने प्रयोजनको स्वीकृतिको लागि नेपाल राष्ट्र बैकमा पेश गरिसकेको जनाएको छ । नेटवर्थमा उल्लेख्य सुधार भएतापनि विगत वर्षहरुको संचित नोक्सानीको कारणले यस वर्ष बैकले कुनै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।
हाल प्रादेशिकस्तरको पाँच जिल्ला कार्यक्षेत्र रहेको बैकले सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवन जिल्लामा आफ्नो २५ वटा शाखा र एउटा एक्टेन्सन काउन्टर मार्फत करिब डेढ लाख ग्राहकहरुलाई सेवा दिईरहेको छ ।
| आषाढ मसान्त २०८२ | आषाढ मसान्त २०८१ | फरक % | |
| नेट वर्थ प्रति शेयर रु. | ९७.२४ | ६३.५० | ५३.१३% |
| प्रति शेयर आम्दानी रु. | ३१.७६ | ५.४६ | |
| निष्कृय कर्जा प्रतिशत | ६.०८% | १०.६३% | (४.५५%) |
| पुँजीकोष अनुपात प्रतिशत | १३.०७% | ६.७३% | ६.३४% |














