प्रधानमन्त्री र दल प्रतिनिधिहरूसँग निर्वाचन तयारीका लागि सर्वपक्षीय छलफल गर्दै आयोग
काठमाडाैं । निर्वाचन आयोगले आगामी निर्वाचनको तयारी स्वरूप सर्वपक्षीय छलफल गर्ने भएकाे छ ।
आयोगले आज प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्ने भएकाे हाे ।
निर्वाचन तयारीको विषयमा आयोगले साेमबार दिउँसो १ बजे सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीससहित राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयुक्त र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न लागेको जनाएकाे छ ।
निर्वाचन तयारीको विषयमा काम गरिरहेको आयोगले दलहरुको धारणा बुझ्ने र सुझाव लिने उद्देश्यले छलफल गर्न लागेको हो।













