३ आश्विन २०८३, शनिबार

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभाबाट लाभांश प्रस्ताव पारित



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

पुस ७ गते सोमबार, काठमाडौँमा सम्पन्न भएको साधारण सभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँ ५५ पैसाको ५.३५८३ प्रतिशत अर्थात् १९ करोड ५ लाख ५३ हजार ६२६ रूपैयाँ ३० पैसा बराबरको नगद लाभांश (करसहित) तथा ५ प्रतिशत अर्थात रू. १७ करोड ७८ लाख १२ हजार ७२५ रुपैयाँ ९८ पैसा बराबरको बोनस शेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रस्ताव पारित भएसँगै यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा पुग्ने भएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ। ।