सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आफ्नो २१औँ वार्षिक साधारण सभा पुस ७ गते सोमबार काठमाडौँमा सम्पन्न गरेको हो ।
सभाले बैंकले प्रस्ताव गरेको ५.३५८३ प्रतिशत अर्थात् १९ करोड ५ लाख ५३ हजार बराबरको नगद लाभांश (करसहित) र ५ प्रतिशत अर्थात १७ करोड ७८ लाख १२ हजार बराबरको बोनस शेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश पारित गरेको छ ।
योसँगै बैंकको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार पुग्ने भएको छ ।
साधारण सभाले आ.व.०८१/८२ को वित्तीय विवरण सहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।
बैंकको १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।














