राष्ट्र बैंकका कार्यकारी निर्देशकमा राजेन्द्र भट्टराई बढुवा
काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराईको बढुवा भएको छ । उनलाई आज राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले कार्यकारी निर्देशक बढुवा गरेको हो ।
राष्ट्र बैंकमा प्रशासन सेवातर्फ एक जना कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पद रिक्त थियो । जसमा नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन समेत) को विनियम ५२ बमोजिम सम्भाव्य भएका निर्देशक (अधिकृत प्रथम) पदमा कार्यरत अधिकृतहरुमध्येबाट सोही विनियमावलीको विनियम ६५ को उपविनियम (२) अनुसार निर्देशक (अधिकृत प्रथम) लाई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा बढुवा गर्नु पर्ने व्यवस्था थियो ।
उनलाई कानून महाशाखाको जिम्मेवारी तोकिएको छ । निर्देशक हुँदा पनि उनी कानून महाशाखा मै थिए ।














