सिटिजन्स सन्तुलित योजनाका इकाइ खरिदका लागि पुस १८ गतेसम्म आवेदन दिन सकिने - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सिटिजन्स सन्तुलित योजनाका इकाइ खरिदका लागि पुस १८ गतेसम्म आवेदन दिन सकिने



काठमाडौं । सिटिजन्स सन्तुलित योजनाका इकाइ खरिदका लागि आवेदन दिने म्याद थप भएको छ।

४ गतेदेखि बिक्री खुला गरिएको सिटिजन्स सन्तुलित योजनाका इकाइ छिटोमा पुस ८ गते बन्द हुने भनिएकाे थियाे । तर पर्याप्त आवेदन नपरेका कारण अब पुस १८ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने भएकाे हाे ।

सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाको १० रुपैयाँ अंकित दरका कुल १० करोड रुपैयाँको इकाइ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। कुल इकाइमध्ये १५ प्रतिशतले हुन आउने बीज पुँजीबापत १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित राखी बाँकी रहने ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्छन्।


प्रतिक्रिया दिनुहोस्