७ श्रावण २०८३, बिहिबार

कक्षा १२ वार्षिक परीक्षाको फाराम खुल्यो



काठमाडौं । २०८३ सालमा हुने कक्षा १२ को परीक्षा फाराम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आगामी वर्ष हुने १२ काे वार्षिक परीक्षाका लागि फाराम खुला गरेकाे हाे ।

०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९(अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र)का विद्यार्थीका लागि फाराम खुलेकाे छ । परिक्षाका लागि पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्ने पर्ने वार्षिक कार्यतालिकामा उल्लेख छ।

यो अवधिमा छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले जारी गरेको सूचनामा भनिएकाे छ

बोर्डले शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीको फाराम माघ २५ गतेसम्म बुझाइसक्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्