बन्दीपुर केबलकारको साधारण सभा पस ३० गते
काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सोमबार दिउँसो ३:३० बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१–८२ को पाँचौँ वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ ।
कम्पनीले तनहुँको बन्दीपुर–४ मार हरेको परियोजनामै सभा बिहान १० बजेदेखि गर्ने भएको हो । सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव पेस गरेको छैन ।












