एफपीओ निष्काशन गर्दै विजय लघुवित्त, १ हजार कित्तासम्म आवेदन दिन सकिने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एफपीओ निष्काशन गर्दै विजय लघुवित्त, १ हजार कित्तासम्म आवेदन दिन सकिने



काठमाडाैं । विजय लघुवित्तले एफपीओ निष्काशन गर्ने भएकाे छ । वित्तीय संस्थाले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न पुस २१ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो।

लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गर्न लागेको हो।

साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ कोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो। सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो।

छिटोमा पुस २४ गते तथा ढिलोमा माघ ५ गते निष्काशन बन्द हुनेछ। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्