७ श्रावण २०८३, बिहिबार

लाभांश पारित गर्न नागरिक लगानी कोषले डाक्यो साधारण सभा



काठमाडौं । नागरिक लगानी कोषले आफ्नो ३१औं वार्षिक साधारण सभा बाेलाएकाे छ ।

पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको साधारण सभा आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे बाेलाउने निर्णय गरेकाे हाे ।

सभाले ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत)गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ।

सभाले कोषको सञ्चालक समितिमा एक जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्ने र साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एकरएक जना प्रतिनिधि नियुक्त गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । त्यसकारण पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले भामा भाग लिनुको साथै प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्