राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन सम्पन्न - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन सम्पन्न



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं केन्द्रीय महाधिवेशन कार्यक्रम नेपालगंजमा ८०० सय भन्दा बढी कर्मचारीका बीच भब्यताका साथ पुस ११ र १२ गते सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलकोले एक समारोहका बीच महाधिवेशन मूल कायक्रमको समुद्घाटन गरेका थिए ।

संघको १२ औँ केन्द्रीय महाधिवेशन सर्वसहमत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अध्यक्षमा रबिन्द्र प्रसाद चौलागाईं , वरिष्ठ उपाध्यक्षमा कबिराज बराज, महासचिवमा ऋषिराम ज्ञवाली सहित ४१ सदस्यीय केन्द्रीय समिती निवार्चित भएका छन् ।

यो महाधिवेशनले लिएको नीति र नेतृत्वले आम कर्मचारीमा उच्च मनोबल कायम गर्न कर्मचारीका साझा एजेन्डामा एकताबद्ध भई कुशलता पूर्वक सबै समस्याको समाधान गरी राष्ट्रिय वाणिज्य बैंकको श्रीवृद्धिमा जोड दिने विश्वास लिएको अध्यक्ष रविन्द्रप्रसाद चौंलागाईले बताए ।

आम कर्मचारीहरुले सघं माथि देखाउनु भएको ठूलो विश्वास र भरोसालाई महाधिवेशनले केवल एउटा समिती परिवर्तनको मात्र होइन संस्थाको हित र प्रगतिको लागि संघले बोकेको संकल्पको विजयको रुपमा लिएको घटका संघका महासचिव ऋषिराम ज्ञवालीले बताए ।

महाधिवेशनको पूर्वसंध्यामा कर्मचारीहरुले नेपालगंज नगरमा प्लेकार्ड, ब्यानर सहित प्रभातफेरी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्