नेपाल लाइफ इन्स्योरेन्स २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले आजबाट उक्त शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयरमा जोसुकैले आवेदन दिन पाउने छन् । खरिद गर्न चाहनेले पुस २३ गतेभित्र काठमाडौंको नक्सालमा रहेको मुक्तिनाथ क्यापिटलमा आवेदन दिनुपर्ने छ । शेयरको मूल्य न्यूनतम ४०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । आवेदन दिँदा सोही मूल्य वा सो भन्दा माथि आवेदन दिन सक्ने छन् ।












