आज एकैदिन ताेलामा करिव ८ हजार रूपैयाँले घट्याे सुनकाे भाउ, चाँदीमा पनि भारी गिरावट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज एकैदिन ताेलामा करिव ८ हजार रूपैयाँले घट्याे सुनकाे भाउ, चाँदीमा पनि भारी गिरावट



काठमाडाैं । मंगलबार पनि नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । हिजाे ताेलामा ६ सय रुपैयाँले घटेको सुनकाे भाउ आज पनि प्रतिताेला एकैदिन ७ हजार ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार भारी गिरावट आएर सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा झरेको हो । हिजाे छापावाल सुन प्रतिताेला २ लाख ७० हजार कायम भएको थियो।

यस्तै आज चाँदीकाे मूल्यमा पनि भारी गिरावट आएकाे छ । चाँदी आज एकैदिन ३०५ रूपैयाँले घटेर ताेलाकाे ४ हजार ५९० रूपैयाँमा झरेकाे छ । हिजाे चाँदी ४ हजार ८ सय ९५ रूपैयाँमा काराेबार भएकाे थियाे ।

 


प्रतिक्रिया दिनुहोस्