३ आश्विन २०८३, शनिबार

सिन्धु विकास बैंकका सिइओले दिए राजीनामा 



काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटाले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाएर पुस ९ गते देवकोटाले राजीनामा दिएको कम्पनी सचिव  पुस्कर जिसीले जानकारी दिए । 

उनको राजीनामा कम्पनीको ४७०औँ सञ्चालक समितिको बैठकले माघ १ गते देखि लागु हुने गरी स्वीकृति गरेको छ ।