ओली सरकारको पालामा नियुक्त भएका काठमाडौं उपत्यकाका ३ मालपोत कार्यालय प्रमुख हटाइए - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ओली सरकारको पालामा नियुक्त भएका काठमाडौं उपत्यकाका ३ मालपोत कार्यालय प्रमुख हटाइए



काठमाडौं । सरकाले काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुखकाे सरूवा गरेकाे छ ।

सरकारले ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घिमिरे र काठमाडौंको चाबहिलका दीपेन्द्र खत्रीलाई सामान्य प्रशासन मन्त्रालयमा तानेको हो ।

भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङनामले छड्के अनुगमनका क्रममा उनीहरूले बिचौलियाहरुसँग साँठगाँठ गरेको आरोप लगाउँदै हटाएका हुन्।

केपी शर्मा ओली नेतृत्वको सरकारका बेला सम्बन्धित कार्यालयमा प्रमुखका रूपमा खटाइएका उनीहरूलाई वर्तमान सरकारले जिम्मेवारीबाट हटाएको हो ।


प्रतिक्रिया दिनुहोस्