प्रतितोला २ लाख ६८ हजार नाघ्याे सुनकाे भाउ, चाँदीकाे कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रतितोला २ लाख ६८ हजार नाघ्याे सुनकाे भाउ, चाँदीकाे कति ?



काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको भाउ उच्च दरले बढेको छ। हिजो एकैदिन ४ हजार ६०० रुपैयाँले बढेको सुनको भाउ आज पनि तोलामा ३१०० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ। हिजो छापावाल सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीकाे भाउ पनि आज ताेलामा १९५ रूपैयाँ बढेकाे छ । साेमबार प्रतिताेला ४ हजार ६८५ रूपैयाँमा काराेबार भएकाे चाँदी यसदिन ४ हजार ८८० रूपैयाँ पुगेकाे छ।


प्रतिक्रिया दिनुहोस्