एक अर्ब ६० करोड रुपैयाँ बराबरको १० वर्षे बन्दमुखी याेजना निष्काशन गर्दै नेपाल लाइफ क्यापिटल - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एक अर्ब ६० करोड रुपैयाँ बराबरको १० वर्षे बन्दमुखी याेजना निष्काशन गर्दै नेपाल लाइफ क्यापिटल



काठमाडाैं । आगामी माघ ४ गतेदेखि सामूहिक लगानी कोष नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सार्वजनिक निष्काशनमा आउने भएकाे छ।

नेपाल लाइफ क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।

निष्काशन गरिने कुल १६ करोड इकाईको न्यूनतम १५ प्रतिशत इकाई वा २ करोड ४० लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् २ करोड २४ लाख इकाई कोष प्रवर्धक कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई र १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १३ करोड ६० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।

नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।उक्त योजनामा न्यूनतम १०० देखि १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

योजनाको इकाईमा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा माघ १८ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्