सुनको मूल्य घट्यो, चाँदीको बढ्यो  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो 



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ । 

मंगलबार प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छ । 

चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले बढेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला ४ हजार ८८० रुपैयाँ किनबेच भएको चाँदी आज बुधवार प्रतितोला ४ हजार ९३५ रुपैयाँ पुगेको छ । 


प्रतिक्रिया दिनुहोस्