विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । विजय लघुवित्तकाे एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले पुस २१ गतेदेखि बिक्री खुला गरेको संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गरेको हो।

साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ कोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो। सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गरेको हो।

लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गरेको छ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्