महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष उपाध्यायले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं । महालक्ष्मी विकास बैंकका नवनिर्वाचित संचालक समितिबाट अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
बैंककाे हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित अध्यक्षको रुपमा चयन भएका उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।
उनले राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक र वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लगायतका अन्य पदाधिकारीहरुको उपस्थितिमा सपथ लिएका छन् ।














