ताेलामा २००० रूपैयाँ घट्याे सुनकाे भाउ, चाँदीकाे कति ?
काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ। हिजाे ताेलामा ४०० रूपैयाँ घटेकाे सुनकाे मूल्य आज पनि प्रतिताेला २००० रूपैयाँ घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिक्री मूल्य सुन प्रति तोला २ लाख ६५ हजार ७ सय रुपैयाँ भएको छ। यसअघि बुधबार तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँ थियो।
यता आज चाँदीकाे मूल्य पनि ताेलामा १०० रूपैयाँ घटेकाे छ। बुधबार तोलाको ४ हजार ९ सय ३५ रुपैयाँ पुगेको चाँदी आज प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँ निर्धारण भएको छ।













