एकैदिन ताेलामा २८०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीमा पनि उच्च रेकर्ड, कति पुग्याे ताेलाकाे ?
काठमाडौं । आइतबार नेपाली बजारमा पुनः सुनचाँदीको मूल्य उकालो लागेको छ । सुनको भाउ आज एकैदिन तोलामा २८०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ तोकिएको छ । गत शुक्रबार २१०० रुपैयाँ बढेर सुनको भाउ २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यता आज चादीको मूल्यमा पनि उच्च रेकर्ड कायम भएको छ। आज एकैदिन चाँदीको भाउ तोलामा २१० रुपैयाँ बढेर ५ हजार नजिक पुगेको छ। गत शुक्रबार ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।













