माघे संक्रान्तिका लागि चाकु बनाउँदै (तस्विरहरु)
काठमाडौं । माघे संक्रान्ति नजिकिँदै गर्दा अहिले धमाधम चाकु बनाउन व्यवसायी व्यस्त छन् । संक्रान्तिमा नेपालीहरूले तरुललगायत कन्दमूलका साथै घ्यु, चाकु सेवन गर्ने प्रचलन छ ।
काठमाडौं उपत्यकाकामा विशेष रूपमा मनाइने माघे संक्रान्तिमा चाकु खाने चलन रहेको छ । मौलिक तरिकाले बनाउने भएकाले पनि उपत्यकामा चाकुको माग बढी हुन्छ ।




















