गृह मन्त्रालयद्वारा सीडीओसहित ८ कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ पुगे? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गृह मन्त्रालयद्वारा सीडीओसहित ८ कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ पुगे?



काठमाडाैं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।

सोमबार मन्त्रालयले डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भीमराज कोइरालालाई पाँचथरको सहायक प्रजिअमा र बझाङका प्रजिअ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेकाे हाे।

यस्तै मन्त्रालयका उपसचिव जुनु हमाल ढकाललाई डोल्पाको प्रजिअ, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीलाई बझाङको प्रजिअ तथा गृह मन्त्रालयका उपसचिव नवराज बराललाई बागलुङको सहायक प्रजिअमा पदस्थापन गरिएको छ।

मन्त्रालयका उपसचिव भविश्वर घिमिरेलाई कपिलवस्तुको सहायक प्रजिअ, उपसचिव कृष्णप्रसाद गैरेलाई धनुषाको सहायक प्रजिअमा पठाइएको छ भने बागलुङका सहायक प्रजिअ जनकराज पन्तलाई गृह मन्त्रालयमा ल्याइएको छ।


प्रतिक्रिया दिनुहोस्