सिटिजन्स बैंकले ३ लाख ८२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रिमा
काठमाडौं । सिटिजन्स बैंकले ३ लाख ८२ हजार ७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। उक्त सेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै निवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको १८ हजार ८४४.७२ कित्ताको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ भने बाँकी शेयरको १०० रुपैयाँ निर्धारण गरिएको छ।
इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि निवेदन काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालय पेस गर्न सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्ड अन्य सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।













