इनफिनिक्सले नेपालमा ल्यायो एक्सप्याड २० प्रो, काम, पढाइ र मनोरञ्जनका लागि दमदार ठुलो स्क्रिन ट्याब्लेट
काठमाडौं। इनफिनिक्सले नेपालमा आफ्नो नयाँ ट्याब्लेट एक्सप्याड २० प्रो आधिकारिक रूपमा सार्वजनिक गरेको छ। ठुलो स्क्रिन, राम्रो प्रदर्शन र स्मार्ट फिचरको संयोजनसहित यो ट्याब्लेट पढाइ, अफिसको काम र मनोरञ्जन सबैका लागि उपयुक्त बनाइएको छ।
एक्सप्याड २० प्रोमा १२ इन्चको २ के डिस्प्ले र ९० एचजेड रिफ्रेस रेट रहेको छ, जसले भिडियो हेर्दा, पढ्दा वा गेम खेल्दा स्क्रिन निकै स्मूथ र क्लियर देखिन्छ। टीयुभी राइनल एण्ड आई केयर सर्टिफिकेसन भएकाले लामो समय प्रयोग गर्दा पनि आँखालाई थकाइ हुँदैन। त्यसैले विद्यार्थी, अफिस जानेहरू र परिवार सबैका लागि उपयोगी छ।
यस ट्याब्लेटमा हेलियो जी १०० अल्टिमेट प्रोसेसर जडान गरिएको छ, जसले एकैचोटि धेरै काम गर्न, गेम खेल्न र दैनिक प्रयोगमा राम्रो परफर्मेन्स दिन्छ। इनबिल्ट द्धन् सपोर्ट भएकाले वाईफाई नभए पनि जहाँसुकै इन्टरनेट चलाउन सकिन्छ।
एक्सप्याड २० प्रो मा इन्फिनिक्स एआई पनि दिइएको छ। यसले लेख्न सहयोग गर्ने, अनुवाद गर्ने, लामो सामग्री छोट्याएर देखाउने र स्क्रिनमा देखिएको कुरा चिन्ने जस्ता स्मार्ट कामहरू सजिलै गर्न मद्दत गर्छ।
मनोरञ्जनका लागि यस ट्याब्लेटमा ४(स्पिकर सिम्फनी सिस्टम जडान गरिएको छ, जसले चलचित्र, गेम र संगीतका लागि वास्तविक ३६०(डिग्री साउन्ड अनुभव प्रदान गर्छ। साथै, ६.५८ एमएम अल्ट्रा(स्लिम मेटल युनिबडी डिजाइनले प्रिमियम लुक र हातमा मजबुत अनुभूति दिन्छ।
यो ट्याब्लेटले मल्टि डिभाइस केलाब्रेसन पनि सपोर्ट गर्छ, जसबाट मोबाइल र ट्याब्लेटबीच फाइल सेयर गर्न, स्क्रिन कास्ट गर्न र कामलाई अझ सजिलो बनाउन सकिन्छ।
इन्फिनिक्स एक्सप्याड २० प्रो नेपालमा दुई भेरियन्टमा उपलब्ध छ । जसमा ४ जीबी र्याम र १२८ जस्बी स्टेरेज भएको ट्याब्लेटको मूल्य २६ हजार ९ सय ९९ र ८ जीबी र्याम र २५६ जीबी स्टेरेज भएके ट्याबको मूल्य ३१ अजार ९ सय ९९ रूपैयाँ रहेका छ । यो ट्याब्लेट देशभरका अधिकृत इनफिनिक्स स्टोरहरूमा पाइनेछ।
एक्सप्याड २० प्रो मार्फत इनफिनिक्सले ठुलो स्क्रिन, स्मार्ट एआई फिचर, प्रिमियम डिजाइन र उचित मूल्यलाई एउटै ट्याब्लेटमा ल्याएको छ, जसले शक्तिशाली तर बहुउपयोगी ट्याब्लेट खोज्ने प्रयोगकर्तालाई आकर्षित गर्नेछ।













