सुन र चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, आज प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुग्याे सुन, चाँदीकाे कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुन र चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, आज प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुग्याे सुन, चाँदीकाे कति ?



काठमाडाैं । बुधबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला एक हजार ५०० रुपैयाँ र चाँदीको मूल्यले तोलामा ३१५ रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे छापावाल सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार कायम रेकर्डलाई ब्रेक गर्दै मंगलबार सुनचाँदीको मूल्यले यस दिन नयाँ रेकर्ड बनाएको हो । चाँदीकाे मूल्यले आज लगातार चाैथाे दिन नयाँ रेकर्ड बनाएकाे हाे ।

आजको बजारमा चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा भने चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिद–बिक्री भएको थियो।


प्रतिक्रिया दिनुहोस्