कांग्रेसको सभापतिमा गगन थापाको उम्मेदवारी  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कांग्रेसको सभापतिमा गगन थापाको उम्मेदवारी 



काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबारदेखि भृकुटीमण्डपमा जारी महाधिवेशनमा थापाले उम्मेदवारी दिएको उच्च स्रोतले जानकारी दिएको छ । अहिलेसम्म थापाको मात्र उम्मेदवारी परेको छ । 

महाधिवेशनमा सभापतिका लागि ४ वटा फर्म लिएका छन् । तर, उम्मेदवारी भने थापाको मात्र परेको स्रोतले जानकारी दिएको छ । 

निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयन दर्ताको समय सकियो र दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।


प्रतिक्रिया दिनुहोस्