३ आश्विन २०८३, शनिबार

रिलायन्स फाइनान्सकाे सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न



रिलायन्स फाइनान्स लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुश प्रसाद मल्लीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरे

उक्त साधारण सभामा संस्थाको तर्फबाट प्रस्तुत गरिएको आ.व.२०८१÷०८२ को सोह्रौं वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०८१÷८२ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, बाह्य लेखापरिक्षकको नियुक्ती तथा विशेष प्रस्ताब तर्फ वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने (मर्जर), प्राप्ती गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी दिने प्रस्ताबलाई सर्वसम्मत रुपमा पारित गरियो ।

विगत बर्षमा यस संस्थाको वित्तीय विवरण तथा व्यबसायमा उतार चढाब भएता पनि गत आर्थिक बर्षको तुलनामा यस चालु आ.ब.मा संस्थाको निक्षेपमा १.०३ प्रतिशतले बृद्धि भई रु.८६४ करोड पुगेको छ भने कर्जामा ८.७० प्रतिशतले बृद्धि भई रु.७०९ करोड पुगेको छ त्यस्तै संस्थाको मुनाफामा ६१ प्रतिशतले बृद्धी रु.६ करोड ८६ लाख पुगेको छ । संस्थाले कर्जा असूलीको कार्यलाई योजनाबद्ध ढंगले प्रभावकारी बनाउदै लगिसकेको छ ।

उक्त साधारण सभामा संस्थाका शेयरधनी डा. बालकृष्ण चापागाई र शेयरधनी दिपक आचार्यले वार्षिक प्रतिवेदन उपर छलफल गरे। साथै विभिन्न शेयधनीहरुले लिखित सुझाब दिएका थिए ।

वार्षिक साधारण सभामा यस संस्थामा १० वर्ष भन्दा बढी संचालक भई योगदान पुयाउनु भएका पूर्व संचालक विष्णुमान जोशी ज्यूलाई सम्मान गरि कदर पत्र प्रदान गरिनुका साथै यस संस्थामा १० वर्ष भन्दा बढी सेवा गरि सक्नु भएका कर्माचारीहरुलाई सम्मान गरेको थियो । त्यस्तै यस संस्थाको शाखाहरु मध्ये कार्य सम्पादनको आधारमा राम्रो काम गर्ने ३ वटा शाखालाई बेस्ट ब्रान्च अवार्डबाट पुरस्कृत गरेको थियो ।

नेपाल राष्ट्र बैकबाट “ग” बर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६÷०८÷१० मा प्राप्त गरी मिति २०६६÷०८÷१८ बाट संस्थाको केन्द्रीय कार्यालय कमलादीबाट आफनो कारोबार शुरु गर्दै आएको यस संस्थाले न्यूरोड काठमाण्डौ, सितापाईला काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणीग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरीया कैलाली, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा कार्यालय गरि जम्मा २१ वटा शाखा कार्यालय खोली कारोबार गर्दे आएको छ ।

संस्थाले “वित्तीय सेवाको अर्को परिभाषा” भन्ने नाराका साथ संस्थाका ग्राहकहरुलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शिर्षकहरुमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागू गरि आकर्षक व्याज प्रदान गर्दे निक्षेप संकलन गर्दे आएको छ।