आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको भाउ बढ्दा युरो र पाउण्ड घट्याे - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको भाउ बढ्दा युरो र पाउण्ड घट्याे



काठमाडाैं । बिहिबार अमेरिकी डलरकाे भाउ बढ्दा युरोपियन युरो र युके पाउण्ड स्टर्लिङ र स्वीस फ्रयाङ्ककाे भाउ घटेकाे छ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

हिजाे अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम गरिएकाे थियाे।

यस्तै, आज युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८० रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।

हिजाे युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९० पैसा र बिक्रीदर १९४ रुपैयाँ ७१ पैसा र स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ३८ पैसा र बिक्रीदर १८१ रुपैयाँ १४ पैसा कायम गरिएको थियाे ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ०८ पैसा र बिक्रीदर नौ रुपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६८ पैसा र बिक्रीदर २० रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८४ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्