रेकर्ड बिन्दुबाट घट्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रेकर्ड बिन्दुबाट घट्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं । नेपाली बजारमा लगातार बढेर नयाँ रेकर्ड कायम गरेकाे सुनचाँदीकाे मूल्य बिहिबार घटेकाे छ। हिजाे ताेलामा १५०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज ताेलामा १५०० रूपैयाँले नै घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ ।हिजाे छापावाल सुन प्रतिताेला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि १७० रूपैयाँ घटेकाे छ । हिजाे प्रतिताेला ५ हजार ६५५ रुपैयाँमा कारोबार भएकाे चाँदी आज प्रतिताेला ५ हजार ४ सय ८५ रूपैयाँ कायम भएकाे छ।


प्रतिक्रिया दिनुहोस्